|

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना देशका विभिन्‍न अस्पताल र होम आइसोलेसनमा गरी थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै मृत्यु हुनेकोे संख्या ७ सय ३९ जना पुगेको छ। त्यस्तै,आइतबार २४ घण्टामा देशभर  थप २९ सय ४२ जनामा कोरोना पुष्टि भएको छ।

गौतमले जनाएअनुसार आज देशभर २३ सय २६ सय संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेहरूको कुल संख्या ९२ हजार १६६  पुगेको छ। नेपालमा हाल ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.