|

अर्घाखाँची : टिपरको ठक्करबाट आइतबार दिउँसो अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत अर्घाखाँचीको शीतगंगा ८ सातमारामा विपरीत दिशाबाट जाँदै गरेको रा१ख २०२१ नम्बरको टिपरले कालाकाटेबाट भालुवाङतर्फ जाँदै गरेका साइकल यात्रीलाई ठक्कर दिँदा दाङ जिल्ला गडवा गाउँपालिका-१ जुराउनी  निवासी २७ वर्षीया जमुना कुमालको मृत्यु भएको हो। दुर्घटनामा परी घाईते भएकी जमुनाको लालमटिया स्वास्थ्य चौकी पुर्‍याउनेबित्तिकै मृत्यु भएको हो।

गम्भीर घाइते भएका मृतकका बाबु ५९ वर्षीय बुद्घीराम कुमाललाई थप उपचारका लागि बुटवल पठाइएको सातमारा प्रहरी इन्चार्ज देवबहादुर केसीले जानकारी दिए। ठक्कर दिने टिपर चालक भने फरार रहेको प्रहरीले जनाएको छ। टिपर भने प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.