शंकास्पद ११ जना पक्राउ

|

कैलाली : नेपाल भारतको दशगजा क्षेत्रमा प्रहरी सहायक निरीक्षक (असई)को घाँटी रेटेर हत्या भएको छ। कैलालीको धनगढी उप–महानगरपालिका–१० जुगेडाको सीमा क्षेत्रमा असईको हत्या भएको हो।

सीमा क्षेत्रमा शनिबार राति ड्युटीमा खटिएका बेला जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्या गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद भने फेला परेका छैनन्।

मृतक विकको घाटीमा धारिलो हतियारको चोट देखिएकाले तस्करहरुले घाँटी रेटेर हत्या गरेको प्रहरीले आशंका गरेको छ। विकसँग रहेको हतियार (पेस्तोल) अझै फेला नपरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिंहले जानकारी दिए।

मृतक विकको घर कञ्चनपुरको पुनर्वास नगरपालिका हो। बेपत्ता साउदको घर अछामको बान्निगढी गाउँपालिका रहेको प्रहरीले जनाएको छ।

शनिबार राति करिब ८ बजे नियमित गस्तीमा गएका दुवैजना मध्यरातसम्म पनि नफर्किएपछि खोजि सुरु गरिएको थियो। बेपत्ता भएकामध्ये असई विकको शव प्रहरीले आइतबार बिहान सीमा नाकास्थित मोहना नदीमा फेला पारेको थियो।

विकले चढ्ने बा५८प ५२८४ नम्बरको मोटरसाइकल चौकीबाट एक किमीको दूरीमा फेला परेको थियो। चौकीबाट करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा विकको शव फेला परेको थियो।

सीमा पिरनजिकै शव

जुगेडाको मोहना नदी आसपासको नेपाल भारत सीमाक्षेत्र अत्याधिक तस्करी हुने स्थानको रुपमा लिइन्छ। मृतक विक भारतीय तस्कर समूहको निशानामा परेका प्रहरीले अनुमान गरेको छ।

उनको शव नेपाल भारत सीमा छुट्याउने पिल्लरबाट करिब ५० मिटरको दूरीमा फेला परेको छ। घाँटी रेटेरै हत्या गर्ने तस्करको योजना सफल भएको प्रहरीले अनुमान गरेको छ। बेपत्ता जवान साउँदको पनि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ।

तस्करको समूह खासगरी भारतीय तस्करको समूहको निशानामा परेको हुनसक्ने प्रहरीको भनाइ छ। 

नजिकै भारतीय बजार र बस्ती

घट्नास्थलबाट करिब आधा किलोमिटरमा भारतीय बस्ती रहेको छ। त्यहाँ राना समुदाय बस्ने गरेको र उनीहरु नेपालबाट भारत र भारतबाट नेपाल तस्करी गर्ने स्थानीयको भनाई छ।

नजिकै रहेको भारतको खिरी जिल्लास्थित बनकट्टी बजारबाट अवैध रुपमा सामान ल्याउने र मोहना नदी पार गरेर तस्करी गर्ने स्थानीयको भनाइ छ।

स्थानीय राजु चौधरीले भने–‘यताबाट तस्करी त सधैँ हुन्थ्यो, यस्तो घट्ना भने पहिलो पटक भएको, सायह तस्कहरुले गरेको हुनुपर्छ।

सोधपुछको लागि ११ जना नियन्त्रणमा

विकको हत्या प्रकरणमा प्रहरीले ११ जनालाई छानबिनको लागि पक्राउ गरेको छ। अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिंहले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको बताए।

तीन हप्ताअघि सशस्त्र प्रहरी जवान मृत भेटिएका थिए

तीन हप्ताअघि त्यही स्थान नजिकै धनगढी उपमहानगरपालिका–१० जुगेडाको बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान मृत फेला परेका थिए। सुर्खेत घर भएका २२ वर्षीय प्रहरी जवान कुमार तारु मगर मृत फेला परेका थिए।

हिजो बेलुका अफिसबाट बाहिर जान्छु भनेर निस्केका मगरको शव खुटिया खोलामा भेटिएको थियो। खोलाको गहिरो भागमा शव भेटिएको र शरीरमा चोटपटक भने नभएको प्रहरीले जनाएको थियो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.