|

हेटौंडा : बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल  र प्रदेश सभा सदस्य शोभा शाक्यले दशै भत्ता बराबर आउने एक महिनाको तलब फिर्ता गरेका छन्। 

मन्त्री जम्मकट्टेलले आईतबार सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै दशैं भत्ता कोरोना भाईरस रोकथाम कोषमा जम्मा गर्ने बताएका हुन्। उनल भनेका छन्, ‘देश कोरोना भाइरस संक्रमणबाट आक्रान्त भइरहेको बेलामा नेपाली समुदायले मनाउने महान चाडपर्वहरूको सुरुवात भएको छ। यस्तो भयावह अवस्थामा मनाउने चाडपर्व खर्चको रूपमा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतले आउने एक महिना बराबरको थप तलब नलिने र बागमती प्रदेश कोरोना भाइरस रोकथाम कोषमा जम्मा गर्ने जानकारी गराउन चाहन्छु।'

यस्तै प्रदेश सभा सदस्य शोभा शाक्यले पनि आफ्नो दशै भत्ताको रुपमा आउने एक महिना बराबरको तलब कोभिड १९ कै उपचार कोषमा दाखिला गर्ने जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ‘मासिक तलब स्वतः खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ। मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दशैँ खर्च बापतको सो रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु।

साथसाथै, सबै सांसदहरूलाई दशैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन पनि उनले आग्रह गरेकी छन्। 

अन्य केही प्रदेश सभा सदस्यहरुले पनि प्रदेश सरकारले सीधै खातामा हालिसकेकोले फिर्ता गर्ने बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.