|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संसदीय दलबाटै सांसदहरुले दशैं भत्ता नलिने निर्णय गर्नुपर्ने बताएका छन्। 

चर्चामा आउनका लागि सांसदहरुले दशैँ भत्ता नलिने बताउन थालेपछि कांग्रेस सांसद रिजालले व्यक्तिगत भन्दा संस्थागत निर्णय गरेर भत्ता फिर्ता गर्नुपर्ने कुरा राखेका हुन्। 

आइतबार साँझ सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै उनले संसदीय दलबाटै दशैं भत्ता फिर्ता हुनुपर्नेमा जोड दिएका हुन्। दशैं भत्ता एक-एकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्वजनिक गर्ने भन्दा संसदीय दलबाटै नेपाली काङ्ग्रेसका सबै सांसदले निर्णय गरौं।'

रिजालले संघीय सरकार कोरोना संक्रमण रोकथाम गर्न असमर्थ भएको पनि बताएका छन्। संघीय सरकार ‘निकम्मा’ भएको टिप्पणी गर्दै उनले स्थानीय सरकारमार्फत खर्च गर्ने व्यवस्था गर्न माग गरेका छन्। 

'पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनता माझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाऔँ', उनले भनेका छन्, 'मेरो आग्रह यही हो, मेरो व्यक्तिगत निर्णय यही अनुरुप हुनेछ।’

यसअघि नेकपा सांसद भीम रावल तथा कांग्रेस सांसद गगन थापा र बालकृष्ण खाण लगायतले भत्ता नलिने बताइसकेका छन्। अन्य सांसदहरुले पनि भत्ता नलिने भन्दै धमाधम निर्णय सार्वजनिक गर्दैछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.