|

काठमाडौं :  इण्डियन प्रिमियर लिग आइपीएलको डबल सुपर ओभरमा मुम्बईमाथि किंग्स इलेभेन पञ्जाबले सनसनीपूर्ण जित हासिल गरेको छ।

२०–२० ओभरको खेल बराबरी भएपछि खेलिएको पहिलो सुपर ओभरपनि बराबर भएपछि खेलको निर्णय दोस्रो सुपर ओभरबाट गरिएको थियो। मुम्बईले दिएको १७७ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएपछि दुवै टिमको रन बराबरी भएको थियो।

पहिलो सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले पहिला ब्याटिंग गर्दै २ विकेट गुमाउदै ५ रन बनाएको थियो। ६ रनको लक्ष्य पछाएको मुम्बईले ६ बलमा ५ रन मात्र बनाएपछि खेल फेरी बराबर भएर दोस्रो सुपर ओभरमा पुगेको थियो।

दोस्रो सुपर ओभरमा मुम्बईले एक विकेट गुमाउदै ११ रन बनाएको थियो।  १२ रनको लक्ष्य पछाएको पञ्जाबले ४ बलमा लक्ष्य पुरा गरेको थियो।   यस अघि आइतबार नै भएको खेलमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सबीचको खेल सुपर ओभरमा कोलकोता विजयी भएको थियो।

यस अघि पञ्जाबका लागि कप्तान केएल राहुलले ७७ रन बनाएका थिए भने क्रिस गेल र निकोलस पुरनले २४–२४ रन बनाएका थिए।​ त्यस्तौ दीपक हुड्डाले अविजित २३ रन बनाएका थिए भने क्रिस जोर्डनले  १३ रन बनाएका थिए।मुम्बईका बलर जसप्रित बुम्रराहले ३ विकेट लिए भने राहुल चाहरले २ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो।​ पञ्जाबका बलर मोहमद सामी र अर्शदीप सिंहले २–२ विकेट लिएका थिए।

यो जितसहित पञ्जाबले ९ खेलमा आफ्नो तेस्रो जित हासिल गरेको छ। पञ्जाबले यस अघि ६ खेलमा हार बेहोरेको छ। त्यस्तै मुम्बईले ९ खेलमा ६ जित र ३ हार ब्यहोरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.