|

युएई : संयुक्त अरब ईमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुबई स्थित अस्पतालमा पुगेर नेपाली बिरामीहरूसँग भेटघाट गरेका छन्। 

राजदूत ढकालले दुबई स्थित रासिद हस्पिटल पुगेर त्यहाँ उपचाररत ९ जना नेपाली बिरामीहरुको अवस्था बुझेका हुन्। अस्पतालमै राजदूत र उनको टोली भेट्न पुग्दा नेपाली बिरामीहरु खुशी देखिन्थे।​

दूतावासकी श्रम काउन्सिलर निर्मला थापा र जनसम्पर्क अधिकारी ईरफान आलमसहित अस्पताल पुगेका राजदूत ढकालले उक्त अस्पतालका जनरल निर्देशक डाक्टर फहद बस्लिब र उपचारमा संलग्न सिंगो टिमसँग समेत भेट गरेका थिए। भेटका क्रममा उनले नेपाली बिरामीहरुको स्वास्थ्य स्थितिका बारे चासो राखेका थिए।

‘अस्पतालले नेपाली बिरामीलाई राम्रो उपचार सेवा प्रदानसँगै रोगसँग लड्नका लागि हौसला समेत दिएको पाइयो,’ राजदूत ढकालले भने, ‘नेपाली बिरामीहरुलाई राम्रो सेवा प्रदान गरेकोमा मैले अस्पताल प्रशासनलाई धन्यवाद पनि दिएँ।’

अस्पतालमा रहेका नेपालीमध्ये केहीलाई दूतावासले सम्बन्धित कम्पनीसँग समन्वय गरेर नेपाल फर्किनका लागि आवश्यक कागजातसँगै प्लेन टिकट पनि निःशुल्क उपलब्ध गराउन पहल गर्ने राजदूत ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.