|

काठमाडौं :  चलचित्रकर्मी शन्त कुमार राईको नयाँ गीत यति धेरै माया लाग्छ म्युजिक भिडियो सार्वजनिक भएको छ। राईले एसआरके पिक्चरस युटयुव   च्यानलमार्फत  गीत सार्वजनिक गरेका हुन्।

गीतमा राजेश पायल राई र निलम रोजु राईको आवाज रहेको छ। शब्द लेखन विपिन खालिङको रहेको छ भने, संगीत गायिका निलम रोजुको रहेको छ। राईको म्युजिक भिडियोमा बेलायतको विभिन्न स्थानमा छायांकन गरिएको छ।

भिडियोमा ध्रुवा दुत्त, आस्था जोशी र सन्तोस राईको अभिनय छ। यसलाई सुमन श्रेष्ठले छयांकन गरेका हुन भने इसाक जाबेगुले सम्पादन गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.