|

काठमाडौं : उमेरले ७५ काटिसकेका छन् पूर्ण चित्रकार। तर, पनि उनी देवी देवताको मुकुन्डो  बनाउन ब्यस्त छन्।

उनको पेशा माटो चोख्याउने, पेन्टिङ, पूजाका लागि ओहोरदोहोर गर्दा अघिपछि बाजा बजाएर लैजानेजस्ता अनेकन् परम्परा गाँसिएका छन्। भक्तपुर नगरपालिका ५ स्थित याँछे टोलका पूर्ण ५५ वर्षदेखि मुकुन्डो बनाउने परम्परा धानिरहेका छन्। उनी भन्छन,‘हिजो आज मुकुन्डो बनाउनमै व्यस्त छु।'

जीन्दगी भरको पेशा यही हो। पछिल्लाका नयाँ पुस्ताले मुकुन्डो बनाउने पेसालाई बीचमै छोड्लान की भन्ने उनमा चिन्ता छ।

चित्रकार भक्तपुरमा नवदुर्गाको मूर्ति बनाउने एक्ला मूर्तिकार हुन्। उनलाई उनका माइला छोरा राजेशले मूर्ति रंग्याउन सहयोग गर्छन्।

यी दुई बाबुछोरा मात्रै होइन पूर्णकी श्रीमती चेतकुमारी पनि आफ्नो पुर्ख्यौली पेसालाई जिवन्त बनाउन लागिपरेकी छिन्।

 

 

 

 

 

 

 

 

 

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.