|

दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जटिल खालका शल्यक्रिया गर्न शुरु गरेको छ।

आइतवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सर्वेश शर्माले २०७६/७७ मा २६ प्रतिशत जटिल खालको शल्यक्रिया गरिएको जानकारी दिए। उनका अनुसार २०७४/७५ मा जटिल खालको शल्यक्रिया ४ दशमलव ३० प्रतिशत मात्र गरिएको थियो।

विशेषज्ञ चिकित्सक,जनशक्ति र इक्विपमेन्ट उपलब्ध भएपछि जटिल खालका शल्यक्रिया यसै अस्पतालमा शुरु गर्न थालिएको र यो शुरूको वर्षको तुलनामा पछिल्लो वर्ष तीन गुणाले वृद्धि भएको उन शर्माले जानकारी दिए। यसअघि जटिल खालका शल्यक्रियाका लागि जिल्ला बाहिरका अस्पतालमा रिफर गर्ने गरिन्थ्यो।

सामान्य खालका शल्यक्रिया भने आर्थिक वर्ष २०७६/७७ मा कमी भएको उनले बताए। जटिल खालका शल्यक्रिया हुन थालेपछि सामान्य शल्यक्रियाको अभिलेख नराखिएको डा. शर्माले बताए ।

अस्पतालका अनुसार सामान्य खालको शल्यक्रिया आर्थिक वर्ष २०७६/७७ मा ७४ प्रतिशत भएको थियो भने आर्थिक वर्ष २०७५/७६ मा ९० दशमलव ३० प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा ९५ दशमलव ७० प्रतिशत रहेको छ।

मेशु डा. शर्माका अनुसार २०७४/७५ मा २ सय २३ जना बिरामीको उपचारका लागि एक जना चिकित्सकको व्यवस्था थियो भने २०७५/७६ मा ४३८ बिरामीका लागि एक जना डाक्टर उपलब्ध गराइएको थियो। २०७६/७७ मा ३०६ जना बिरामीका लागि एक जना चिकित्सकको व्यवस्था गरिएको थियो।

आर्थिक वर्ष २०७५/७६ मा तीन हजार ६४९ र २०७६/७७ मा चार हजार ४४ जनाको शल्यक्रिया गरिएको छ। जटिल समस्याका लागि चाहिने औजार तथा मेसिन उपलब्धता समेत रहेको अस्पतालले जनाएको छ।

अस्पतालमा बायो केमेस्ट्री एनालाइजर चालु अवस्थामा २ थान, जेनेरेटर २ थान ६२ दमलव ५ केभीए र २० केभिएको रहेका छन्। त्यस्तै आइसियू भेन्टीलेटर तीन थानमध्ये एउटा कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेको छ। आइसियू मोनिटर १५ थान, आइसियू बेड १० थान,ओटी टेबल तीन थान र हाइपो ओ टु एक थान रहेको शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.