|

काठमाडौं : सत्तारुढ नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का सह–संयोजक रञ्जित तामाङले कोरोना परीक्षणसहित संक्रमितहरुको निःशुल्क उपचार गर्नुपर्ने माग राखेका छन्।

कोरोना संक्रमित उपचारबाट सरकार पछि हटेको भन्दै उनले भने, ‘सरकार कोरोना परीक्षणसहित संक्रमितहरुको नि:शुल्क उपचार गरियोस्। जनताले निर्वाचित गरेर भिआइपी बनेकाहरु संक्रमित हुँदा पाँचतारे होटलको आइसोलेसनमा तर, तिनै जनता संक्रमित हुँदा आफैं उपचार गर्नुपर्ने भन्ने कुरा न्याय संगत हुन्छ र?’उनले भनेका छन्।

महामारीको संकटमा जनताले संवैधानिक हक अनुभूत गर्न पाउनुपर्ने उनको माग छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार कोरोना भाइरस (कोभिड(१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारले निर्णय गरेको जानकारी दिएका थिए।

त्यसलगत्तै अहिले यो निर्णयको चर्को विरोध र आलोचना भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.