|

बुटवल : रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा रहेको ट्यांकरमा आगलागी भएको छ। 

पम्पकोे लागि इन्धन लिएर आएको ट्यांकरले पम्पको ट्यांकीमा तेल खन्याउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले पुष्टि गरे।

सोमबार राति करिब ८ बजे भएको आगलागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर जलेर नष्ट भएको छ। साथै ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको बताइएको छ। आगलागीबाट कति क्षती भयो भनेर पुरा विवरण आइनसकेको प्रहरीले जनाएको छ। 

आगलागीबाट इन्धन खन्याउने क्रममा अपरेटरको हातखुट्टा जलेको छ। सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.