|

दाङ : लुम्बिनी प्रदेश सरकारले कोरोना लक्षण देखिएका संक्रमितहरुको निःशुल्न उपचार गर्ने जनाएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदेशका ४ वटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका संक्रमितहरुका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी दिएका छन्‌।

लुम्बिनी प्रदेश सरकारले दाङको बेलझुण्डीमा कोरोना विशेष अस्पताल, रुपन्देहीको बुटवलस्थित धागो कारखानामा कोरोना विशेष अस्पताल सञ्चालन गरिरहेको छ। त्यस्तै,  भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल पनि सञ्चालनमा रहेको छ।

तर, प्रदेश सरकारले आर्थिक अवस्था राम्रो भएकाले कोरोना संक्रमण भएमा आफैँ उपचार गर्नुपर्ने नयाँ नीति लिएको छ। कोरोना संक्रमण नेपालमा सुरु भएपछि सरकारले यसको परीक्षण र उपचारमा व्यवस्थापन गरिरहेको छ। प्रदेशभर हालसम्म १२ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ।

मुख्यमन्त्री पोखरेलको फेसबुक स्टाटस :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.