|

काठमाडाैं : कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरुले बताएका छन्।

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधानविपरीत भएको टिप्पणी गरेका छन्। संविधानले ग्यारेन्टी गरेअनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत उनले बताए।

कोभिड १९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडि हटेर आफ्नो उपचार आफैं गर्न भन्नु गैह्रजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए।

मंगलबार एक कार्यक्रमबीच नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जिउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैह्रजिममेवार रुपमा प्रस्तुत भएको आरोप लगाए।

यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत उनले सरकारसँग माग गरे।

यस्तै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले संविधानले दिएका आधारभूत स्वास्थ्यको अधिकारविपरीत सरकारले निर्णय गरेको बताए।

जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको उनको भनाइ थियो। त्यसैले कांग्रेसले दसैंपछि सुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने बताए।

सरकारमा बस्नेहरुले राज्यकोषलाई आफूखुसी खर्च गर्न हुने तर जनताको आधारभूत आवश्यकता पूर्ति गर्नतर्फ साधन स्रोत भएन भनेर पन्छिनु गैह्रजिम्मेवारपूर्ण कदम भएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.