दैलेख : जिल्लाको गुराँस गाउँपालिका–२ बान्द्र भन्ने स्थानमा टिपर दुर्घटना हुँदा चालकसहित तीनजना गम्भीर घाइते भएका छन्।
तल्लो डुंगेश्वरदेखि माथिल्लो डुंगेश्वर आउँदै गरेको बा४ख ६७७१ नम्बरको टिपर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताए।
घाइतेहरुको उद्धार गरी उपचारका लागि सुर्खेततर्फ पठाइएको छ। टिपर के कारणले दुर्घटना भएको हो भन्नेबारे खुलिनसकेको दैलेख प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।