|

धनगढी :  कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसिरहेका धनगढीका दुई जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–२ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो। सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी २ का ६८ वर्षीय पुरुषमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेसनमै बसिरहेका थिए। उनको अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो।

उनको शव अहिले सेती अस्पतालमा राखिएको छ भने अर्को ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो। अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएका उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.