|

काठमाडौं : नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । दुई देशबीच दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मिति तय भएसँगै खेल हुने निश्चित भएको हो।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आगामी नोभेम्बर १३ र १७ (कात्तिक २८ र मंसिर २) मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गरिने तय भएको हो।

बंगलादेश फुटबल फेडेरेसनले खेलको मिति तय गर्दै प्रारम्भिक टिम समेत घोषणा गरेको छ। बंगलादेशले नेपालविरुद्धको खेलका लागि पहिलो चरणको प्रशिक्षणमा ३६ जना खेलाडीलाई बोलाएको छ।

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अघिल्लो साता अनुमति पाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.