|

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार १ सय ७ जनामा कोभिड-१९ का संक्रमण पुष्टि भएको छ।

बुधबार काठमाडौंमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय सय ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

आज देशभरमा गरी थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या एक लाख ४४ हजार ८७२   पुगेको छ।

नेपालमा हाल ४४ हजार ६७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६ सय ७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २९ हजार ८०० जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा २० हजार ११८ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.