|

काठमाडौं : पछिल्लो २४ घण्टाभित्र अहिलेसम्मकै धेरै पिसिआर परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा कोभिड-१९ पुष्टि भएको छ।

अहिलेसम्मकै उच्च संक्रमण पुष्टि हुँदा २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४१ वटा सरकारी र १८ वटा निजी ल्याबमा उक्त परीक्षण भएको हो। 

६ हजार नजिक संक्रमित पुष्टि हुँदा कुल सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ। हलसम्म संक्रमणमा परेका व्यक्तिहरुको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ।
 
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जना व्यक्तिमा संक्रमण फेला परेको छ। जसमध्ये काठमाडौंमा २ हजार ३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ जना र ललितपुरमा ५ सय ४३ जना रहेका छन्।  

प्रवक्ता गौतमका अनुसार २९ हजार ८ सय जना संक्रमित होम आइसोलेसनमा रहेका छन भने १४ हजार ६ सय ७६ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जना व्यक्तिको मृत्यु भएको छ। यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २ हजार ९ सय ९६ रहेको छ। यससँगै हालसम्म निको हुनेहरुको संख्या ९९ हार ६ सय ५ पुगेको छ। 

प्रवक्ता गौतमका अनुसार आज आइसियुमा उपचार गराउने संक्रमितहरुको संख्या २ सय ६९ रहेको छ। भेन्टिलेटरमा उपचार भएका संक्रमितहरुको संख्या ८७ रहेको छ। देशभर ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको पनि प्रवक्ता गौतमले बताए।

पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण भएको छ। हालसम्म १३ लाख ३४ हजार ८ सय ९७ जनाको पीसीआर परीक्षण भएको छ। 
सबै कोभिड १९ अस्पताल र प्रयोगशालाहरू दशैं विदामा समेत आवश्यकता अनुसार सञ्चालन हुने पनि प्रवक्ता गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.