|

काठमाडौै : जारी १३ औं सिजनको आइपिएलको ३९ औं खेलमा कोलकता नाइटाइड्रस र रोयल च्यालेन्जर बेंग्लोरबीच खेल भइरहेको छ। अहिले साँझ पाैने आठ बजे हुने खेलमा बेंग्लोरविरुद्ध कोलकताले टस जितेर ब्याटिङ रोजेको छ। 

पछिल्लो खेलमा जित निकालेको कोलकताले प्लेअफमा पर्ने सम्भावना बलियो बनाउँदै लगेको छ। ९ मध्ये ५ खेल जितेको कलकताल शीर्ष चारभित्रै अटाएको छ। 

आजको खेलमा बेंग्लोरविरुद्ध जित निकाल्न सके कोलकताले १२ अंक बनाउनेछ। जुन बेंग्लोर बराबर हो। पछिल्लो ५ खेलमध्ये ३ मा जित निकालेको बेंग्लोर पनि उच्च फर्ममा छ।

जारी सिजनको तेस्रो स्थानमा रहेको उसँग १२ अंक छ। आजको खेलमा जित निकाले बेंग्लोर शीर्ष स्थानको दिल्ली बराबर अंक पाउनेछ। खेल दुबईको शेख जायद मैदानमा भइरहेको छ। 

यी दुईबीच अहिलेसम्म २५ खेल भएका छन्। जसमा कोलकता हाबी छ। कोलकताले बेंग्लोरविरुद्ध १४ जित दर्ता गरेको छ। ११ दिनअघि भएको यसै आइपिएलमा भने बेंग्लोर कोलकताविरुद्ध ८२ रनले विजयी भएको थियो। 

केकेआरले आज दुई खेलाडी परिवर्तन गरेको छ। आन्द्रे रसेल र शिवम माभको ठाउँमा टम ब्यान्टन र प्रसिद्ध कृष्णलाई मौका दिएको छ। आरसीबीले एक खेलाडी परिवर्तन गरेको छ। उसले सहबाज अहमदको स्थानमा मोहम्मद सिराजलाई मौका दिएको छ ।

जारी सिजनमा दुबै टिमले ९–९ म्याच खेलिसकेका छन् । जसमा आरसीबी ६ र केकेआर ५ खेलमा विजयी भएको छ।

आरसीबी १२ अंकका साथ तालिकाको तेस्रो र केकेआर १० अंकका साथ चौथो स्थानमा छ। पछिल्ला पाँच खेलमा आरसीबीविरुद्ध केकेआर तीन खेलमा विजयी भएको छ।

केकेआरको प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नितीश राणा, इयोन मोर्गन (कप्तान), टम ब्यान्टन, प्रशिद्ध कृष्णा, दिनेश कार्तिक, प्याट कमिन्स, लकी फर्ग्युसन, कुलदीप यादव र वरुण चक्रवर्ती ।

आरसीबीको प्लेइङ-११ : देवदत्त पाडिक्कल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिभिलियर्स, गुरकिरत मान, क्रिस मोरिस, वाशिंगटन सुन्दर, ईसुरु उडाना, नवदीप सैनी, मोहम्मद सिराज, र युजवेन्द्र चहल ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.