काठमाडौं : कोरोना संक्रमणको कारण चिनतवनको भरतपुर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको बिहीबार निधन भएको छ।
तनहुँ जिल्लाको शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौडा–५ बस्ने ३३ वर्षीय महिलाको निधन भएको अस्पतालले जनाएको छ ।
असोज ३० गते खोकी र श्वासप्रश्वासमा समस्या सहित उहाँ अस्पताल भर्ना हुनुभएको थियो । उहाँमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आइसोलेसनमा भर्ना गरी उपचार गरिएको थियो।
३७ हप्ताकी गर्भवती ती महिलाको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कात्तिक ५ गते कोभिड आइसीयूमा राखी भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालले जनाएका छ। उपचारकै क्रममा उनको बिहीबार बिहान ६ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।