|

काठमाडौं : धरानमा थप एक कोभिड संक्रमितको पुरुषको मृत्यु भएको छ। सुनसरीको इनरुवा नगरपालिका १ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको हो।

मृतकलाई ३ गते कोरोना पुष्टि भएको र सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मृतक प्रतिष्ठानमा उपचाररत ,थिए। मधुमेह, उच्च रक्तचाप र अन्य दीर्घ रोग थियो।

यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.