|

काठमाडौं :  च्याम्पियन्स लीग फूटबलमा साविक विजेतमा वायर्न म्युनिखले शानदार शुरुवात गरेको छ।

लीग अन्तर्गत आफ्नो पहिलो खेलमा जर्मन क्लब वायर्नले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ४–० गोलको जित निकालेको हो।

समूह ए अन्तर्गत वायर्नको जितमा किंग्सले कोम्यानले दुई तथा लियोन गोरेट्जा र कोरेन्टिन टोलीसोले एक९एक गोल थपे । कोम्यानले खेलको २८औं र ७२औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै गोरेट्जाले ४१ औं र टोलीसोले ६६ औं मिनेटमा गोल थपे। लीग अन्तर्गत नै गएराति भएका अन्य खेलमा म्यानचेष्टर सिटी र लिभरपुलले पनि विजयी शुरुवात गरेका छन् ।

समूह सी को खेलमा सिटीले पोर्टोमाथि ३–१ गोलको जित निकाल्दा समूह डी मा लिभरपुलले अजाक्सलाई १–० गोलले हरायो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.