|

अर्घाखाँची :  बुटवल धागो कारखाना कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार राति अर्घाखाँचीका एकजना संक्रमितको ज्यान गएको छ।

असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँची अड्गुरीका ३८ वर्षीय पुरुषको बुधबार राति साढे करिब ९ बजे मृत्यु भएको कोरोना पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।

त्यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुषको पनि बुधबार राति नै मृत्यु भएको छ।

यस्तै, कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनीहरूमा दम ,निमोनिया, उच्चरक्तचाप जस्ता रोगका लक्ष्यण देखिएको डा. थापाले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.