|

काठमाडाैैं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगभग दुई तिहाई खेल सकिएका छन्। अहिलेसम्म १४ पटक कुनै पनि खेलाडीले ८० बढी रनको स्कोर बनाएका छन्। जहाँ भारतीय खेलाडीले ११ पटक यो उपलब्धि हासिल गरेका छन्। जुन ७९ प्रतिशत हो।

मंगलबारसम्म लिगमा ३८ खेल भएका छन्। जहाँ ४ शतक लागेका छन् जुन सबै भारतीय खेलाडीबाट सम्भव भएको हो। त्यस्तै लिगमा ५ सर्वाधिक रन बनाउने खेलाडीमा ४ भारतीय खेलाडी छन्। तर बलिङमा विदेशी खेलाडी हाबी छन्। जसमा दिल्ली क्यापिट्ल्सका कागिसो रबाडाले हरेक १२ बलमा एक विकेट लिएका छन्। 

मंयक-धवनले समान दुई पटक ८० बढी रनको स्कोर बनाउँदा चारै शतक ओपनरको नाममा छ। त्यस्तै  इशान, बेयरिस्टो, कोहली, श्रेयस, डुप्लेसीस, सैमसन, वाटसन, राहुल त्रिपाठी,  र रोहितले समान एक पटक यो उपलब्धि हासिल गरेका छन्।

२ सय बढी रन बनाउने खेलाडीमा पोलार्डको स्ट्राइक रेट सर्वाधिक उच्च छ। उनले २ सय  को स्ट्राइक रेटमा २०८ रन बनाएका छन्। डिभिलियर्स १९० को स्ट्राइक रेटमा खेलिरहेका छन्।

शीर्ष पाँचमध्ये चारमा विदेशी

बलिङ तर्फको स्ट्राइक रेटमा शीर्ष ५ मध्ये ४ मा विदेशी खेलाडी छन्। रबाडा, मोरिस, बुमराहले एकै खेलमा समान ४-४ विकेट लिँदा चौथो नम्बरमा रासिद खान छन्। उनले दुई पटक समान ३ विकेट लिएका छन्। बलिङ तर्फको स्ट्राइक रेटको कुरा गर्दा रबाडाको ११ दशमलव ३ को स्ट्राइक रेटमा २१ विकेट लिएका छन्। 

डुप्लेसिस १० क्याच लिने एक्ला विदेशी खेलाडी 

चेन्नईका स्टार खेलाडी फाफ डु प्लेसिसले १० खेलमा सर्वाधिक धेरै १० क्याच लिएका छन्। हेटमायर, पोलार्ड र राहुल तेबटियाले समान ७-७ क्याच लिएका छन्।

त्यसबाहेक पडिक्कल, शुभमन, मंयक तथा सैम करनले समान ६-६ क्याच लिएका छन्। विकेट किपिङमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले विकेट पछाडि सर्वाधिक क्याच लिएका छन्। उनले १५ पटक खेलाडीलाई सिकार गरेका छन्। दिल्लीका पन्त तथा मुम्बईका डिककले समान १० पटक खेलाडी आउट गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.