|

काठमाडाैं : पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। 

उनले आफूलाई कोरोनाको कुनै लक्षण नदेखिए पनि श्रीमतीलाई भने लक्षण देखिएको उल्लेख गरेका छन्। 

उनले लेखेका छन् - मलाई पनि पोजेटिभ देखियो। तर राम्रो के भने बितेको दश दिनयता मैले कसैलाई भेटेको छैन। मलाई त लक्षणबिनै देखियो, तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित।दुबै छोरालाई नेगेटिभ देखिनु चै धेरै राम्रो। सुरक्षित रहौं।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.