|

काठमाडौं : पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। 

गत २४ घण्टामा ३ हजार ६ सय ३७ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा १५ हजार २ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै पिसिआर परीक्षण हुनेको संख्या १३ लाख ५० हजार १ सय ५२ पुगेको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ७ सय ५१ रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.