|

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या एक लाख नाघेको छ।

आज तीन हजार दुई सय १५ जना देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा एक लाख २ हजार ८ सय २० जना संक्रमित उपचारपछि निको भएका छन्।

मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ २ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार १५ हजार २ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १३ लाख ५० हजार १ सय ५२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

 मन्त्रालयका अनुसार ३ हजार ७ सय ५१ जना क्वारेन्टाइनमा छन्। नेपालमा ४४ हजार ८ सय ७७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३ हजार ६ सय ३७ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.