|
फाइल फोटो

काठमाडाैं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले बालबालिकाको सुरक्षित भविष्य र ज्येष्ठ नागरिकको सम्मानित जीवनयापनका लागि ठोस योजना ल्याएर नमुनायोग्य काम गर्ने बताएका छन्।

नवनियुक्त मन्त्री श्रेष्ठले आज सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित बधाई कार्यक्रममा महिला बालबालिका र ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने महत्वपूर्ण अवसर पाएको उल्लेख गर्दै मन्त्रालयलाई नमूना मन्त्रालय बनाउन अहोरात्र काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

वृद्धभत्तालाई वृद्धि गरी पाँच हजार पुर्‍याउने योजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले अन्य मन्त्रालयसँग समेत समन्वय गरेर सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समेत काम गर्ने जनाए। 

सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री श्रेष्ठले  जिल्लाको सडक सञ्जाल विस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन, आवास कार्यक्रमलाई तीव्र रुपले अगाडि बढाउँदै आमूल परिवर्तन गराउने पनि उल्लेख गरे। 

गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साह लगायतले मन्त्री श्रेष्ठलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.