|

काठमाडौं : आजदेखि नेपालमा विज्ञापनरहित प्रसारण अर्थात् क्लिन फिड नियम लागू भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजदेखि क्लिन फिड प्रसारणको नियम लागू भएको जानकारी दिएको छ। गत वर्षको कार्तिक ८ गतेदेखि लागू भएको विज्ञापन नियमन गर्ने ऐन, २०७६ मा विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाको आजदेखि कार्यान्वयन गर्नेबारे गत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। विज्ञापनरहित प्रसारणको नियम आजदेखि कार्यान्वयनमा आउने र नियम कार्यान्वयन भएन भएको भोलिदेखि निरन्तर अनुगमनसमेत हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन्।

अब विदेशी च्यानलका सामग्रीहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने छ भने विदेशी विज्ञापन डबिङ गरी प्रसारण गर्न पनि पाइने छैन। विज्ञापन नियमन गर्ने ऐन, २०७६ को मर्म र भावना अनुरुप तोकिएको मितिदेखि क्लिन फिड प्रसारण गर्न गराउन तथा कानून अनुसार तोकिएको मितिमा क्लिन फिड प्रसारण नभएमा कानून अनुसार हुने व्यहोरा सम्बन्धित निकायहरुलाई यसअघि नै जानकारी गराइसकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

के हो क्लिन फिड

विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लिन फिड हो। यो अवधारणा अन्तर्गत दर्शकले टेलिभिजन च्यानलका दर्शकलाई ‘कन्टेन्ट’ बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन।

विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेको र दर्शकले पनि विदेशी विज्ञापन हेर्नुपरेको बाध्यतालाई अन्त्य गर्दै स्वदेशी विज्ञापनको बजार विस्तार गर्न नेपालमा पनि यस्तो अवधारणा सरकारले ल्याएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.