|

भोजपुर : भोजपुर सदरमुकामदेखि टक्सार एयपोर्टसम्मको सडक कालोपत्रे सम्पन्न भएको छ। भोजपुरमा पहिलो आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको १६ करोड ९२ लाख रुपैयाँ लागतमा कालोपत्रे गरिएको हो।

सडकको कालोपत्रे गुणस्तरीय निर्माण भएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए। प्रमुख रेड्डीले भने, ‘प्रदेश १ सरकारको महत्त्वपूर्ण योजनाका रुपमा जिल्लामा पहिलो पटक यस प्रविधिबाट कालोपत्रे गरेकोले यसलाई नमुना सडक बनाउने गरी काम सम्पन्न भएको छ।’

काम गर्ने क्रममा सबै पक्षको सहयोग भएकाले कालोपत्रे गुणस्तरीय भएको निर्माण कम्पनीले जनाएको छ। निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘सरोकारवाला पक्ष र मौसमले साथ दिएकोको सम्झौता मिति भित्र काम गर्न सफल भएका छौँ।’ काम तोकिएको समयभन्दा पनि अगाडि नै सम्पन्न गरेर जिम्मा लगाउने लक्ष्यका साथ काम गरे पनि लकडाउन तथा वर्षातका कारण केही ढिलो भएको उनको भनाइ छ।

रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको उक्त सडकको लम्बाई पाँच किलोमिटर रहेको छ। कालोपत्रेको मोटाई चार सेन्टिमिटर रहने जनाइएको छ। सडक कालोपत्रे भएसंगै स्थानीयमा उत्साह थापिएको छ। स्थानीय मतिता श्रेष्ठले भनिन्, ‘वर्षौंदेखि सडकको कारण धेरै समस्या थियो, अब भने कालोपत्रे सम्पन्न भएको छ, यसले हामी सवैलाई धेरै नै राहत मिलेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.