पञ्जा र स्यानिटाइजर लगाएर परम्पराको निरन्तरता मात्रै गर्ने
पञ्जा र स्यानिटाइजर लगाएर परम्पराको निरन्तरता मात्रै गर्ने
काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिक रूपमा मात्र आयोजना गरिने भएको छ।
हरेक वर्ष नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपातीको दिन भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएकोमा यसपटक परम्पपरालाई निरन्तरता दिन साङकेतिकरुपमा मात्रै मनाउन लागिएको नेपाली सेनाले जनाएको छ।
कोरोना संक्रमणको जोखिमले गर्दा , संस्कृति र परम्परालाई मात्र निरन्तरता दिन साङकेतिक रुपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए। उनले भने, ‘हामीले परम्परालाई मात्रै निरन्तरता दिनलाई पाहुना पनि एकदमै कम बोलाएर साङकेतिक रुपमा मात्रै बढाइ कार्यक्रम मनाउन लागिएको छ।‘
अघिल्ला वर्षका बढाइँमा पूर्व, पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गर्ने भए पनि यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमित गरिएको समेत उनले बताए।
बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुने परम्परा छ। विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शन गर्ने कार्यक्रम रहेको प्रक्ता पौडेलले बताए।
विगतमा सेनाबाहेक एक हजार २०० को संख्यामा विभिन्न क्षेत्रका व्यतिहरुलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको संख्या १०० जनामा सीमित गरेको समेत उनले बताए।
यस्तै अघिल्लो वर्षहरुमा अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि बोलाइने भए पनि यसपटक स्वास्थ्य मापदण्डका सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गरिएको र उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ। सैनिक प्रवक्ता पौडेलले बताए। यसपटक आज दिउँसो तीन बजे सेनाले फूलपाती बढाइँ गर्दै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।