|

काठमाडौं :  कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका भरतपुरका एक संक्रमितको निधन भएको छ ।

भरतपुर अस्पतालका अनुसार भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको का पुरुषको बेलुकी सवा १० बजे निधन भएको हो। उनलाई राति १० बजे अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको थियो।

उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। घरमै बसेका उनलाई खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ।

अहिलेसम्म कोरोना संक्रमणबाट चितवनका ४७ जनाको निधन भइसकेको छ।  चितवन स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म चितवनमा संक्रमितको संख्या ३ हजार ५ सय ७० पुगेको छ।

निको हुन बाँकी अर्थात् सक्रिय संक्रमित १ हजार ४ सय ५८ छन्। तीमध्ये होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ९१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.