काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न भागमा १७ जनाले ज्यान गुमाएका हुन्।
मन्त्रालयका अनुसार २४ घण्टाभित्र १६ हजार ८ सय ६३ पिसिआर परीक्षण भएको छ। जसबाट देशभर ४४ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रबार एकै दिन २६ सय ६८ जना निको भएर घर फर्किएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।