|

दाङ : दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मालपोत कार्यालय घोराही दाङमा कार्यरत नायब सुब्बा ५३ वर्षीय बिहान ३ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए।

तुलसीपुर उपमहानगरपालिका-१८ दूधरास निवासी ती कर्मचारीलाई कात्तिक ४ गते संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए।

बिहीबार राति एक्कासि श्वास प्रश्वासमा समस्या भएपछि कोरोना विशेष अस्पताल बेलझुण्डी ल्याइएको थियो। अस्पतालमा आइसियु बेड खाली नभएपछि उनलाई बाँके रिफर गरिएको थियो।

अक्सिजन सहितको एम्बुलेन्समा राखेर लैजाँदै गर्दा  बाटोमै उनको मृत्यु भएको हो।  योसँगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। त्यस्तै लमहीका एक कोरोना संक्रमितको बाँकेको कोहलपुरमा मृत्यु भएको छ।

लमही नगरपालिका-५ का ५५ वर्षीय एक पुरुषको कोहलपुर मडिकल कलेजमा बिहिबार अपराह्न मृत्यु भएको हो।

उनी सुगर र प्रेसरका बिरामी थिए। असोज २७ गते परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको फोकल पर्सन चन्दले बताए। कोरोना पुष्टि भएदेखि नै कोहलपुर मेडिकलमा भर्ना भएका उनको बिहीबार मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.