अमेरिका-भारतभन्दा रुस र बेल्जियममा धेरै संक्रमित थपिए

|

एजेन्सी : विश्वमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर बढी हुने देशमध्ये नेपाल १३ स्थानमा परेको छ।

विश्वभरका कोरोनासम्बन्धी सम्पूर्ण विवरण दिँदै आएको वर्ल्डओमिटरले सार्वजनिक गरेको तथ्यांकमा यही समयमा रुसमा सबैभन्दा बढी संक्रमित थपिएका देखाएको छ।

रुसमा पछिल्लो २४ घण्टामा १७ हजार संक्रमित फेला परेका छन्। २५ हजार पाँच सय जनाको ज्यान गइसकेको रुसमा १४ लाख ८० हजारभन्दा बढीमा कोरोना संक्रमण पाइएको छ।

त्यसैगरी यही समयमा अर्को युरोपेली राष्ट्र बेल्जियममा १६ हजार ७ सय संक्रमित थपिएका छन्। २ लाख ७० हजारभन्दा बढी संक्रमित संख्या पुगिसकेको यहाँ पछिल्लो समय संक्रमण दर ह्वात्तै बढ्न थालेको छ।

त्यसैगरी पोल्यान्ड २४ घण्टायता कोरोना संक्रमित थपिने विश्वको तेस्रो देश भएको छ। पोल्यान्डमा एकै दिन १३ हजार ६ सय जनामा संक्रमण पाइएको हो।

संक्रमण दर घटाउँदै लगेको भारतमा एकै दिन संक्रमण देखिने दर अमेरिकाभन्दा बढी छ। भारतमा आज १३ हजार ९ जनामा संक्रमण पाइएको हो। अमेरिकामा पनि एकै दिनमा ११ हजार ५ सय जनाभन्दा बढीमा संक्रमित थपिएका छन्।

त्यस्तै नेदरल्यान्ड, जर्मनी, यक्रेन, स्विट्जरल्यान्ड, मेक्सिको, इरान, र रोमानियामा पनि संक्रमित संख्या एक्कासि बढ्न थालेको छ। एसियामा भने भारत र इरानपछि विगत २४ घण्टामा नेपालमा सबैभन्दा बढी संक्रमित थपिएका हुन्।

इरानमा पछिल्लो २४ घण्टामा ६ हजार एक सय १३ संक्रमित थपिँदा नेपालमा आज ४ हजार ४ सय ९९ जना संक्रमित थपिएका छन्। विश्वमै सबैभन्दा बढी संक्रमित भेटिएको देशको ३४ औं नम्बरमा नेपाल छ।

यद्यपि मृतक संख्यामा भने नेपालको अवस्थामा धेरै राम्रो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको पछिल्लो एक दिनको तथ्यांकअनुसार नेपालमा १७ जना संक्रमितको निधन भएको छ।

यसैगरी नेपालपछि विश्वमा एकै दिनमा संक्रमित थपिने देशहरुमा रोमानिया, इन्डोनेसिया, इराक र पोर्चुगल छन्।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.