मुलुकभर सक्रिय संक्रमित ४६ हजार ५७ पुगे

|

काठमाडौं : काठमाडौं उपत्यकामा उपचाररत संक्रमितको संख्या बढ्दै गएको छ। लक्षणसहितका संक्रमित बढेपछि काठमाडौं अहिले कोरोनाको हटस्पट बनिसकेको छ। 

शनिबारसम्म उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा २४ हजार ७ सय ९ सक्रिय संक्रमित पुगेका छन्। काठमाडौंमा २० हजार ७ सय २२,भक्तपुरमा १ हजार ४ सय ५४ र ललितपुरमा २ हजार ५ सय ३३ रहेका छन्। मुलुकभर ४६ हजार ५७ सक्रिय संक्रमित छन्।

काठमाडौंमा ३४ हजार १ सय ६३, भक्तपुरमा ३ हजार ६ सय ४१ र ललितपुरमा ५ हजार १ सय ४९  कोरोना मुक्त भएका छन्।

त्यसैगरी,  २४ घण्टामा मुलुकभर २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको छ। २ हजार ८ सय ४६ जना कोरोना मुक्त भएका छन्। कोभिडका कारण आज १३ जनाले ज्यान गुमाएका छन र यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.