|

रुपन्देही : कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले कृषिमा अनुदान दुरुपयोग रोकेर सुशासनमा जोड दिइएको बताएका छन्। यसको परिणाम केही वर्षपछि मात्रै आउने उनले दाबी गरेका छन्।

रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ वडा भवन कार्यालयको शनिबार शुभारम्भ गर्दै उनले स्थानीय सरकारले गरेको सडक वा कुलो निर्माणले राष्ट्रिय विकासमा मद्दत पुर्‍याउने बताए।

मन्त्री भुसालले बाटो, कुलो, सडक, स्वास्थ्यचौकीलगायत संरचना राम्रो भएको र अझै केही  गर्न बाँकी रहेको औँल्याउएका छन्।

त्यस अवसरमा प्रदेशसभाका सदस्य तुल्सी चौधरीले विकासनिर्माणमा प्रतिपक्षीले विरोधका लागि विरोध गरेको आरोप लगाए।

शुद्धोधन गाउँपालिकाका प्रमुख किशुनचन्द्र चौधरी, उपप्रमुख विमला ज्ञवाली, वडाध्यक्ष राजेन्द्र कँडेललगायतले जनताका समस्यालाई केन्द्रमा राखेर गाउँपालिकाले संरचना निर्माण गरिरहेको बताए। उक्त भवन ७४ लाखको लागतमा दुई वर्षमा बनाइएको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.