|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा  किंग्स इलाभेन पञ्जाबले सनराइजर्स हैदरावादमाथि १२ रनको जीत निकालेको छ।  पञ्जाबले दिएको केवल १२७ रनको लक्ष्य पछाएको हैदरावाद १९ दशमलव ५ ओभरमा ११४ रन बनाएर अलआउट भयो। 

हैदरावादका लागि डेविड वार्नरले ३५ रन बनाए भने विजय शंकरले २६ रन बनाए। ​पञ्जाबका बलर अर्शदीप सिंह र क्रिस जोर्डनले ३-३ विकेट लिए भने मोहमद सामी, मुर्गुल आश्विन र रवि बिस्नोईले एक एक विकेट लिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १२६ रन बनाएको थियो।​ पञ्जाबका लागि निकोलस पुरनले सर्बाधिक ३२ रन बनाए भने कप्तान केएल राहुलले २७ रन बनाए। 

हैदरावादका बलर सन्दीप शर्मा, जासन होल्डर, राशिद खानले २-२ विकेट लिएका थिए। जितसँगै किंग्स इलेभेन पञ्जाबले ११ खेलमा पाँचौं जित हासिल गरेको छ। पञ्जाब १० अंकसहित  अंक तालिकामा पाँचौ स्थानमा रहेको छ।

आइपिएल अन्तर्गत आज पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपरकिंग्स बीच हुने छ भने दोस्रो खेल राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच हुने छ।       

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.