|

रासस : अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्रीको मृत्यु भएको मारिएका अफगानी सरकारी स्रोतले शनिबार जनाएको छ।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्विट गर्दै सुरक्षा कारबाहीमा अल कायदा नेता मस्रीको मृत्यु भएको जनाएको हो। मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा थिए।

मस्रीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो। घाज्नी प्रान्तमा अल कायदामाथि गरिएको विशेष कारबाहीमा मारिएको इजिप्टका नागरिक मस्री अल कायदाका दोस्रो उच्च नेता भएको बताइएको छ। 

हुसाम अब्दुल रौफका नामले समेत चिनिने उनीविरुद्ध अमेरिकाले सन् २०१८ को डिसेम्बरमा पक्राउ पुर्जी जारी गरेको थियो।

गत महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अफगानिस्तानमा अलकायदामा २ सयभन्दा कम व्यक्तिको संलग्न रहेको बताएका थिए। शनिबार मात्रै अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्माघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.