|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा भएको झडपका क्रममा ज्यान गुमाएका मुकेश चौरसियालाई सहिद घोषणा गर्न माग गरेका छन्। 

६ कात्तिक पर्साको विन्दवासीनी गाउँपालिका पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा ज्यान गुमाएका गाउँपालिका सचिव मुकेश चौरसियालाई सहिद घोषणा गर्न दाहालले माग गरेका हुन। 

'केही अवाञ्छित तत्वको आक्रमणमा परी पार्टी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव कमरेड मुकेश चौरसियाको हत्या भएको कुरा सर्वविदत नै छ', उनले भनेका छन्, 'यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भर्त्सना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको पनि विदित नै छ।'

उनले म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले दोषीमाथि कडा कारवाही माग गरेका छन्। 'म कार्यकारी अध्यक्षका रुपमा उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु', दाहालले भनेका छन्। 

हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय भएको उनको भनाइ छ। 'म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्छु', उनले भनेका छन्, 'मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.