|

काठमाडौं :  इण्डियन प्रिमियर लिग (आइपीएल० क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ।

गएराति भएको खेलमा राजस्थानले मुम्बईलाई ८ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो।

राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक १०७, सन्जु सामसनले ५४, रोबिन उथप्पाले १३ र स्टिभ स्मिथले ११ रन जोडे । बलिङतर्फ मुम्बईका लागि जेम्स प्याटिन्सनले २ विकेट लिए।

यसअघि अबुधाबीस्थित शेख जायेद रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो।

मुम्बईका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ६०, सूर्यकुमार यादवले ४०, इसान किसानले ३७ र सौरभ तिवारीले ३४ रन बनाएका थिए। राजस्थानका लागि श्रेयस गोपाल र जोफ्रा आर्चरले २(२ तथा कार्तिक त्यागीले १ विकेट लिए।

हारका बाबजुद पनि मुम्बई अंक तालिकाको शीर्ष स्थानमै रहेको छ। राजस्थान भने १२ खेलमा ५ मा जीत निकाल्दै १० अंकका साथ छैठौं स्थानमा छ। मुम्बईको भने १४ अंक रहेको छ। यस्तै आइतबार नै भएको अर्को खेलमा चेन्नई सुपरकिङ्सले रोयल च्यालेन्जर्स बैग्लोरलाई हराएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.