तनहुँ : वडा दशैको टिकाकै दिन तनहुँमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। शुक्लागण्डकी ४ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान ९ बजेर १० मिनेटमा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनमा गत कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा कोभिड १९ सँगै बिलेटरल निमोनिया तथा कार्डियो पल्मोनरी एरेस्ट लगायतका समस्या रहेको श्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।
योसँगै तनहुँमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ जनाले ज्यान गुमाएका छन्। तनहुँमा कोरोना संक्रमणबाट व्यासमा ४, भिमादमा ३, आँबुखैरेनीमा २, म्याग्दे र शुक्लागण्डकीमा १/१ जनाले ज्यान गुमाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।