|

पर्वत : गण्डकी प्रदेशमा सोमबार थप एक सय ९३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या छ हजार सात सय ११ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको सोमबारको पहिलो विज्ञप्तिमा भरतपुर अस्पताल चितवनमा गरिएको स्वाब परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका, गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाका विभिन्न वडाका आठ जना र तनहुँको देवघाट गाउँपालिकाका एक जनामा सङ्क्रमणको पुष्टि भएको हो।  

यस्तै दोस्रो विज्ञप्तिमा पाँच जिल्लाका ४० जनामा सङ्क्रमणको पुष्टि गरिएको छ। उनीहरू नवलपरासी सुस्तापूर्व गैँडाकोट नगरपालिकाका ११ जना, कावासोती नगरपालिकाका १३ जना, देवचुली नगरपालिकाका तीन जना, विनय त्रिवेणी गाउँपालिकाका एक जना र मध्यविन्दु नगरपालिकाका तीन जना छन्।

यस्तै बागलुङको जैमिनी नगरपालिकाका एक जनामा, गोरखाको गोरखा नगरपालि र पालुङटार नगरपालिका दुई÷दुई जना गरी चार जना, तनहुँको ब्यास नगरपालिकाका एक जना, आबुखैरेनी गाउँपालिकाका एक जना तथा लमजुङको मध्यनेपाल नगरपालिका र राईनाश गाउँपालिकाका एक÷एक जना छन्।

सोमबारको तेस्रो विज्ञप्तिमा तीन जिल्लाका २० जनामा सङ्क्रमणको पुष्टि गरिएको छ। उनीहरू स्याङ्जाको हरिनाश गाउँपालिकाका एक जना, लमजुङको बेसीशहर नगरपालिकाका एक जना, राइनास गाउँपालिकाका एक जना, बागलुङको काठेखोला गाउँपालिकाका चार जना, गल्कोट नगरपालिकाका तीन जना, जैमिनी नगरपालिकाका पाँच जना र बागलुङ नगरपालिकाका चार रहेका छन्।

चौथो विज्ञप्तिमा तनहुँका मात्रै २३ जनामा सङ्क्रमण रहेको जानकारी दिइएको छ। उनीहरू शुक्लागण्डकी नगरपालिकाको विभिन्न वडाका १० जना, भानु नगरपालिकाका एक जना, ब्यास नगरपालिकाका नौ जना र भिमाद नगरपालिकाका २३ जना छन्।

पाँचौँ विज्ञप्तिमा नवलपरासी सुस्ता पूर्वका मात्रै ५९ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ। उनीहरू गैँडाकोट नगरपालिकाका १३ जना, देबचुली नगरपालिकाका ३८ जना, कावासोती नगरपालिकाका पाँच जना, मध्यविन्दु नगरपालिकाका दुई जना र बिनयत्रिवेणी गाउँपालिकाका एक जना रहेका छन्।  

छैटौँ विज्ञप्तिमा सबैभन्दा बढी कास्कीका मात्रै एक सय एक जनामा सङ्क्रमणको पुष्टि गरिएको छ। उनीहरू पाँच जना ट्राफिक प्रहरी, वडा प्रहरी कार्यालय बगरमा कार्यरत ३१ जना नेपाल प्रहरी तथा विभिन्न वडाका ६५ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.