|

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका वीर अस्पतालका स्वास्थ्यकर्मी (प्यारामेडिक्स) कालु सिंहको मुटुको समस्याका कारण मृत्यु भएको छ।

अस्पतालको  कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए। 

घरमै आराम गरिरहेका सिंह सोमबार राति अचानक पेट दुःख सुरु भएसँगै वीर अस्पतालमै भर्ना भएका थिए। कोरोना संक्रमणका कारण सिंहको एक महिनासम्म वीर अस्पतालमा उपचार भएको थियो।

'उहाँको पहिल्यैदेखि समस्या थियो', वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले ​भने, 'हिजो अलि समस्या भएर इमर्जेन्सीमा ल्याइएको रहेछ। उपचारको क्रममा निधन भएको हो।

डाक्टर सिंहमा पहिल्यैदेखि मुटुको समस्या थियो। मुटुको भल्भ दुई पटक फेरिएको पनि सेञ्चुरीले बताए। 'उहाँलाई कोभिड भएको तर कोभिड ठिक भएको थियो', सेञ्चुरीले भने। सिंह नेपाल स्वास्थ्यकर्मी युनियनका उपाध्यक्ष समेत थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.