|

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा देशभर १४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका हुन्।

ज्यान गुमाउनेमा संविधानसभाका सदस्य सप्तरीको कञ्‍चनरुप नगरपालिका-४ जगतपुर निवासी ५५ वर्षीय मानपुर चौधरीसहित १४ जना रहेका छन्। चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको हो। 

मंगलबार देशभर जम्मा २७२५ पिसिआर परीक्षण भएको छ। तर निको हुनेको दर उच्च रहेको छ। मंगलबार निको भएर ३१ सय ६८ जना घर फर्किएका छन्। दशैँमा पिसिआर ल्याब बन्द हुँदा थोरै परीक्षण भएको हो। यस्तोमा ५७० जनामा कोरोना पुष्टि भएको छ।

मंगलबार कोरोना पुष्टि हुनेमा २११ महिला र ३५९ जना पुरुष रहेका छन्। दशैँका कारण देशका अधिकांश ल्याब बन्द भएका छन्। काठमाडौंसहितका केही ल्याब मात्रै सञ्‍चालनमा थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.