|

काठमाडौं : च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएरातिको खेलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोविरुद्ध जित निकालेको छ।

बायर्नले घरेलु टिमविरुद्ध २–१ गोलको जित निकालेको हो। समूह ए को बायर्ननको जितका लागि लियोन गोरेट्जा र जोसुवा किमिचले १–१ गोल गरे। खेलको १३ औं मिनेटमा गोल गर्दै गोरेट्जाले सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको मस्कोका लागि ७० औं मिनेटमा एन्थोन मिरान्चुकले बराबरी गोल फर्काए। बायर्नका लागि ७९ औं मिनेटमा किमिचले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए।

जितसँगै ६ अंक बनाएको बार्यन समूहको शीर्षस्थानमा छ। मस्को भने एक अंकसहित समूहको तेस्रो स्थानमा छ। समूह ए अन्तर्गत गए राति नै सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिडले घरेलु मैदानमा आरबी साल्जबर्गविरुद्ध ३–२ गोलको जित निकालेको छ। पहिलो खेलमा बायर्नसँग पराजित एट्लेटिकोले जितको सुरुवात गरेको हो।

यसैबीच च्याम्पियन्स लिग अन्तर्गत समूह बीको खेलमा रियल मड्रिड बोरुसिया मोन्चेन–ग्लाडबाखसँग बराबरीमा रोकिएको छ। मोन्चेन–ग्लाडबाखको मैदानमा सम्पन्न खेलमा रियल २–२ गोलको बराबरीमा रोकिएको थियो। पहिलो हाफको ३३ औं मिनेटमा ग्लाडबाखका मार्कस थुरमले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा थुरमले नै दोस्रो गोल गरे। रियलका करिम बेञ्जोमाले ८७ औँ मिनेटमा र कासिमेरोले ९० औँ मिनेमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। बरबरीसँगै रियलले च्याम्पियन्स लिगमा एक अंकसहित खाता खोलेको छ।

समूह बी अन्तर्गत नै गएराति सम्पन्न खेलमा इन्टर मिलान र शख्तर डोनेट्स्कले गोलरहित बराबरी खेलेका छन्। बरबरीसँगै उनीहरुले पनि अंक बाँडेका छन्। त्यस्तै, दूई खेल बराबरी खेल्दै २ अंक जोडेको मिलान तेस्रो स्थानमा छ। यसै गरी म्यान्चेष्टर सिटीले मार्सेलीलाई ३–० गोल अन्तरले हरायो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.