|

दाङ : मादल बनाउने वादी समुदायको पुर्ख्यौली पेशा अहिले लोप हुने अवस्थामा छ। पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन्।

अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर–४ वायखोलाका गेहेन्द्र वादीले बताए। उनले भने, ‘मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो, तर हामीले यो पेशा भुल्न थालिसक्यौं।’

बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर वादीले बताए। अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी  गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उनको भनाइ छ।

‘अहिले नाच्नगाउन, पेन्ड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ,’ उनले भने, ‘यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुँने भएकाले पेशा संकटमा छ।’ घरमै आएर माग गरेपछि मादल बनाउने गरे पनि व्यावसायिक रुपमा मादल बनाउन छोडेको उनको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.