|

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

कार्यालयका कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि कार्यालयमा शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दासम्बन्धीका अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जारी गरेको सूचना जनाइएको छ। अर्को सूचना जारी नभएसम्म सेवा बन्द गरिएको सूचनामा उल्लेख छ,

कोरोनाको संक्रमण देखिएका कर्मचारीका सम्पर्कमा आएका अन्य कर्मचारीहरुको स्वाब संकलन गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको छ। अत्यावश्यक सेवा लिन आउँदा स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी सेवा लिन आउन आग्रह गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.