|

सर्लाही : सर्लाहीका विभिन्न स्थानमा दुर्गा पूजाको मूर्ति विसर्जन कार्य मंगलबार राति अबेरसम्ममा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको ६० भन्दा बढी स्थानमा दुर्गा पूजाको मूर्तिलाइ नजिकैको जलाशयमा लगेर विसर्जन गरिएको हो। मूर्ति विसर्जनका क्रममा एक अर्का समुदायबीच तनाव उत्पन्न हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाएर व्यापक मात्रामा प्रहरी परिचालन गरिएकाले कुनै अप्रिय घटना हुन नपाएको सर्लाहीका प्रहरी उपरीक्षक संतोषसिंह राठौरले जानकारी दिए।

मूर्ति विसर्जनको विषयलाई लिएर यसअघि तनाव तथा झडप भएका स्थानहरुमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो। गत असोजमा मात्रै विश्वकर्मा पूजाको मूर्ति विर्सजन गर्न लाने क्रममा मुस्लिम र हिन्दु समुदायबीच झडप भएको सदरमुकाम मलंगवामा प्रहरी निरीक्षक (इन्सपेक्टर) कै कमाण्डमा प्रहरी परिचालन गरिएको थियो।

मूर्ति विर्सजन गर्न लाँदा प्रयोग गरिने सडक र जलाशयको प्रयोगको विषयमा बर्सेनी जसो विवाद हुने भएकाले प्रहरी प्रशासनलाई टाउको दुखाईको विषय बन्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.